प्रधानाध्यापकको सन्देस

img

जनता माध्यमिक विद्यालयको वेबसाईटमा तपाईलाई स्वागत छ । यो पेजमा तपाईले हाम्रो विद्यालय, यँहाको प्रतिभाशालि र मेधावी विद्यार्थीकोहरु बारे थाहा पाउनु हुनेछ र हाम्रो फराकिलो र निकै नै सहृदयी विद्यालय समुदायलाई नजिकवाट महसुस गर्न पाउनु हुनेछ ।

जनता माध्यमिक विद्यालय एउटा अंग्रजी माध्यमको सामुदायिक विद्यालय हो । हाम्रो उद्देश्यभ भनेको प्रत्येक विद्यार्थीहरुलाई राम्रो शिक्षा प्रदान गरेर उनीहरुको भावी जीवनको तयारी गर्न मद्दत पु¥याउनु हो ।
हामीले सिकाइको यस्तो अन्तक्र्रियात्मक पद्धतिको विकास गरेका छौं जसले हाम्रा स्टाफहरु, विद्यार्थीहरु र अभिभावकहरुलाई समस्या समाधानको निम्ति प्रोत्साहित गर्ने काम गरेका छौ । विविध सह पाठ्यक्रमका कार्यक्रमहरु, अतिरिक्त कृयाकलापहरु गर्नका लागि हाम्रो विद्यालयमा प्रशस्त मैदान तथा पूर्वाधारहरु छन् ।
हामीले विद्यालयको शैक्षिक कार्यक्रमका लागि एउटा टिम बनाउका छौ । जसमा प्र.अ., सहायक प्र.अ., विभिन्न तहका को–ओर्डिनेटरहरु, काउन्सिलरको सहभागिता रहेको छ । यो टिमले प्रत्येक विद्यार्थीको समस्या समाधान गर्न र उनीहरुको सम्पुर्ण स्कुल जिवनको यात्रा सहज बनाउन भरमग्दुर कार्य गर्दछ ।
हाम्रो शैक्षिक कार्यक्रम धेरै फराकिलो र विविध छ । हामीले कक्षा ९ देखि पशु विज्ञान विषयमा प्राविधिक शिक्षा सञ्चालन गरिहेका छौ । वि.स. २०७२ सालदेखि ३ बर्षे डिप्लोमा पनि सुरु गरेका छौ ।
हाम्रो लक्ष्य कक्षा कोठा भित्र मात्र सिमित नभएर धेरै टाढा सम्म फैलिएको छ । हामीले हाम्रा विद्यार्थीहरुलाई विविध अतिरिक्त क्रियाकलापमा संलग्न गराएका छौ । यहाँ विभिन्न आकार र रुपमा सिकाई हुने गर्दछ । विद्यार्थीहरुले खेलकुद, संगीत, कम्प्युटर, साँस्कृतिक कार्यक्रम, विभिन्न नेतृत्व तथा सिप विकास गतिविधिमा संलग्न गराएका छौ ।
हामी हाम्रा विद्यार्थीहरुलाई ठुलो उद्देश्य तय गर्न, मेहेनत गर्न र अरुको अधिकारहरुप्रति संवेदनशिल रहन सचेत गराउदछौ ।
वास्तवमा यो वेभसाईट मात्र हाम्रो विद्यालयको वारेमा बुझ्न प्रयाप्त छैन । हामी तपाईहरुलाई हाम्रो विद्यालयको भ्रमण गर्नुहुन र आफैले यहाँको गतिविधिलाई नजिक बाट अध्ययन गरी हाम्रो विद्यालयको शिक्षालाई अझ राम्रो बनाउन सुझाव दिनका लागि हृदयदेखि नै स्वागत गर्न चाहान्छौ ।


© 2026 श्री जनता माध्यामिक विद्यालय- All rights reserved. Powered by Surya Tech Nepal

After Site Under Construction