यस श्री जनता माध्यामिक विद्यालय गौरीडाँडा बर्दिवास नगरपालिका - ३
महोत्तरीको स्थापना वि सं २०३१ साल पौस महिनामा भएको हो । तत्कालिन समयमा यस स्थानमा रहेको शिक्षित जनशक्तीको अभाव र अध्ययनकालागि टाढा जानुपर्ने बाध्यतालाई मध्यनजरगरि यस विद्यालयको स्थापना गरिएको हो ।
वि सं २०६८ साल देखि माध्यामिक तहको अध्यापन गराँउदै आइरहेको यस विध्यालयले वि सं २०७० साल देखि कक्षा ९ देखि पशुविज्ञान विषय समेत अध्यापन गराउँदै आइरहेको छ ।
श्री राजन प्रसाद ढुङ्गाना अध्यक्ष रहनुभएको विध्यालय व्यवस्थापन समितिमा ९ जना सदस्यहरु हुनुहुन्छ । कुशल व्यवस्थापन र शिक्षामा महत्वपूर्ण योगदान दिएको भन्दै वि सं २०६९ सालमा अध्यक्ष श्री ढुङ्गानालाई शिक्षा मन्त्रालयले पुरस्कृत समेत गरेको थियो । उँहाको व्यस्थापनपछि विद्यालयमा भौतिक संरचनाका निर्माणका साथै शिक्षामा उल्लेख्य सुधार भएको छ ।
हाल कक्षा १ देखि ८ सम्म अंग्रेजि माध्यममा अध्यापन गराउँदै आइरहेको यस विद्यालयका प्रधानध्यापकमा श्री नेत्र बहादुर रम्तेलको कार्याकालमा विद्यालयले प्रशासनिक र शैक्षक क्षेत्रमा थप सुधार गरेको छ ।