अध्यक्षको सन्देस

img


“शिक्षाको सर्वश्रेष्ठ उद्देश्य ज्ञान होईन कर्म हो ।”गलमभाष्लभम– हर्वट स्पेन्सर
यतिबेला हामी सरकारी र निजी स्कुलहरुले प्रदान गरिरहेको शिक्षा र शैक्षिक गुणस्तरबारे ठुलो वहस गरिरहेका छौं । सरकारले सार्वजनिक विद्यालयको लागि ठुलो धनराशी खर्चेको छ तर कुनै खास उपलब्धी हुनसकेको छैन । जबकी सरकारी विद्यालयमा शिक्षकहरु धेरै दक्ष छन् र उनिहरु राम्रो तलबमा काम गरिरहेका छन् । केही मानिसहरु सरकारी विद्यालयमा लामो समयदेखि लागु भइरहेको शिक्षा पद्धति भित्र समस्याहरुको थुप्रो देख्छन् । त्यसैले यो शैक्षिक जगतको आमुल परिवर्तन गर्ने समय हो । जवसम्म हामीसँग प्रभावकारी र वैज्ञानिक शिक्षा पद्धती हुदैन हामी हाम्रो देशलाई विकास गनर््े कुनै वाटो बनाउन सक्दैनौं । कतै हामी हाम्रा बच्चा र देशको भविष्य वर्वाद त गर्दै छैनौं ? सोच्ने बेला भएको छ ।
केही बर्ष अघि, हामी शिक्षामा परिवर्तनको सपना देख्थ्यौं । हाम्रो विद्यालय अरु सरकारी विद्यालय भन्दा फरक थिएन । हाम्रा अगाडि प्रसस्तै समस्याहरु थिए । हामीसँग विद्यार्थी बस्न पुग्ने भवनहरु समेत थिएनन् । विद्यार्थीहरुको शैक्षिक गुणस्तर सन्तोषजनक थिएन । समुदायका मानिसहरु धेरै निरास थिए । हामीले त्यस समय सरकारी विद्यालय र निजी विद्यालयवीच धेरै फरक पायौं । हामीले यसलाई बदल्न चाह्यौं । हामी कयौं रात सुतेनौ, दिनरात मेहेनत ग¥यौं र शैक्षिक गुणस्तर र पुर्वाधारको एक तह सम्म सन्तोसको सास लिने ठाउँसम्म आइपुगेका छौ । हामी सफल भईसकेका छैनौ तर निरास थकित पनि पक्कै भएका छैनौं ।
समुदायले मलाई व्यवस्थापन समितिको नेतृत्व गने अवसर प्रदान ग¥यो । जसका लागि मैले यो समुदायलाई धन्यवाद दिनैपर्छ । व्यक्तिगत रुपले भन्नुपर्दा त्यो मेरो लागि ठुलो अवसर थियो । मैले सुरुमा समस्याहरु पहिल्याउने काम गरे । काम गर्दै जाने क्रममा केहि मानिसहरु, संघसस्ंथाहरुसँग सहयोग मागीयो । केहिले सहयोग गर्नुभयो तर केहिले विश्वास सम्म गर्नुभएन । म हाम्रा सभासद माननिय श्री गिरीराजमणि पोखरेल ज्यू प्रति आभारी छु । उँहाले हाम्रा विभिन्न पक्षको विकासमा ठुलो योगदान सुरुका दिनदेखि हाल सम्म पनि गरिरहनु भएको छ र आगामी दिनमा सो कुराको अपेक्षा राख्दछु ।
समस्याहरु देख्दा देख्दै पनि हामी पछि हटेनौं बरु चुनौतीहरुको सामना ग¥यौं । अहिले म गर्वसाथ भन्न सक्छु हामी एउटा गुणस्तरीय शिक्षा प्रदान गर्ने सरकारी विद्यालयमा परिणत भएका छौं । विद्यालयको गुणस्तर वृद्धिमा सहयोग गर्नुहुने यस विद्यालयका मेहेनती शिक्षक, कर्मचारी, र शुभचिन्तकहरुलाई धन्यवाद दिन चाहान्छु । हामीले उँहाहरुलाई नियमित रुपले प्रशिक्षण पनि प्रदान गर्दै आईरहेका छौं ।
सबैको अथक मेहेनत र प्रयास पछि अहिले विद्यालयले पशु विज्ञान (भेटेरिनरी) तर्फ ३ बर्षै डिप्लोमा कार्यक्रम पनि सुरु गरेको छ । प्राविधिक धार तर्फको पशु विज्ञान कार्यक्रम कक्षा ९ देखि नै सञ्चालित छ । हामी सँग अहिले २ जना भेटेरिनरी डाक्टर, सुविधासम्पन्न प्रयोगशाला, ओपिडि सेवा, कम्प्युटर ल्याव सञ्चालनमा छन् । हामी गुणस्तरमा विश्वास गर्छौ । मात्र पढाउदैनौ बरु खेलकुद, संगीत, अतिरिक्त कृयाकलाप र सामाजिक विद्या पनि सिकाउछौ ।
हामी यस ठाउँलाई पशु विज्ञान प्राविधिकको उच्च शिक्षा को गन्तव्य बनाउने अभियानमा छौ । म समुदायलाई उत्साहपुर्ण सहभागित र साथका लागि यस समुदायलाई धन्यवाद दिन चाहान्छु । भविष्यमा पनि समुदायको साथ रहिरहने अपेक्षा गरेको छु । म हाम्रा विद्यार्थीहरुलाई मेहेनतसाथ पढन र समुदायलाई हृदयदेखी नै सहयोग दिन सुझाव र सल्लाह दिन चाहान्छु । अन्त्यमा, सहृदयी र मेहेनती व्यवस्थापनका साथीहरु र कर्मचारीहरुलाई हृदयदेखि नै धन्यवाद दिदैँ आगामी दिनहरुमा मिलेर एकजुट भई उत्साहकासाथ काम गर्नेछौ भन्ने कुरामा आशा व्यक्त गर्न चाहान्छु ।


© 2025 श्री जनता माध्यामिक विद्यालय- All rights reserved. Powered by Surya Tech Nepal

After Site Under Construction