गुणस्तरीय, सीप सहितको रोजगारउन्मुख शिक्षाका लागि प्रतिबद्ध साथै उच्च नतिजाका लागि सर्वत्र परिचित सामुदायिक, सरकारी विद्यालय जनता मा.वि. गौरीडाँडा बर्दिबास न.पा. ०३ महोत्तरीमा शैक्षिक शत्र २०७७ का लागि CTEVT अन्तर्गतको ३ वर्षे डिप्लोमा र कक्षा ११ को विभिन्न कार्यक्रमहरुमा भर्ना खुल्यो ।
हाम्रा कार्यक्रमहरु
१. CTEVT अन्तर्गतको ३ वर्षे डिप्लोमा पशु विज्ञान र बाली विज्ञान (Isc.Ag.)
२. कक्षा ११ मा प्राविधिक धारतर्फको Veterinary Science
३. कक्षा ११ तर्फकै Science, Management र Law (कानुन) विषय ।
आवश्यक न्यूनतम शैक्षिक योग्यता
१. Diploma तर्फ भर्ना हुनका लागि English, Maths र Science मध्ये कुनै दुई विषयमा कम्तीमा C Grade र कुनै एक विषयमा D+ हुनुपर्ने ।
२. Science मा भर्ना हुनका लागि English, Maths र Science मा कम्तीमा C+ र GPA 1.6 हुनुपर्ने ।
३. Management र Law मा भर्ना हुनका लागि English, Maths र Science मा कम्तीमा D+ र GPA 1.6 हुनुपर्ने ।
४. Animal Science मा भर्ना हुनका लागि 1.6 GPA हुनुपर्ने । साथै CTEVT द्वारा प्राविधिक धारतर्फको TSLC गरेका विद्यार्थीहरुले पनि भर्ना हुन पाउने ।
विस्तृत जानकारीका लागिः 044550478, 9854031330, 9851089302, 9849079388, 9851105569, 9803026614 मा सम्पर्क गर्नुहोला ।