बर्दिबास शैक्षिक महोत्सव - २०८१ मा हाम्रो सहभागिता

img

हाम्रो श्री जनता मा. वि. गौरीडाँडा यस वर्षको बर्दिबास शैक्षिक महोत्सव - २०८१ मा उत्साहजनक सहभागिता जनाएको छ । यस महोत्सवलाई बर्दिबास नगरपालिकाको स्वीकृत बजेट/कार्यक्रम अन्तर्गत सबैका लागि हामी संस्था को संयोजनमा आयोजना गरिएको छ।

हाम्रो विद्यालय विभिन्न सिर्जनात्मक गतिविधिहरूमा सक्रिय रुपमा संलग्न भएको छ। शैक्षिक, विज्ञान, कृषि, र हस्तकला प्रदर्शनी स्टलहरू मार्फत विद्यार्थीहरूका नवप्रवर्तनशील सोच, अनुसन्धानात्मक दृष्टिकोण, र सीपहरूको प्रदर्शन गरियो । यसका साथै खुल्ला चित्रकला, नृत्य, भेषभूषा प्रदर्शनी जस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई आफ्नो कलात्मक प्रतिभा उजागर गर्न अवसर प्रदान गरेको छ ।

सबैभन्दा महत्वपूर्ण, हाम्रो विद्यालय "देश छोड्नु रहर कि बाध्यता" विषयमा खुला वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाएको छ। यो विषय हालको सामाजिक-आर्थिक सन्दर्भमा अत्यन्तै सान्दर्भिक छ। यस प्रतियोगिताले युवाहरूलाई देशप्रेम, अवसरको खोजी, र विदेश पलायनको यथार्थबारे विचार विमर्श गर्न प्रेरित गरेको छ ।

हाम्रो सहभागिता न केवल विद्यार्थीहरूको सीप र क्षमता प्रदर्शन गर्ने अवसर हो, तर ज्ञान आदान-प्रदान गर्दै, सिर्जनशीलता र बौद्धिक विकासलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यम पनि हो। बर्दिबास शैक्षिक महोत्सवमा उपस्थित सम्पूर्ण सहभागीहरूलाई शुभकामना!



© 2025 श्री जनता माध्यामिक विद्यालय- All rights reserved. Powered by Surya Tech Nepal

After Site Under Construction