श्री जनता माध्यमिक विद्यालय गौरीडाँडा
पशु तथा प्राविधिक शिक्षालय
वर्दिवास न.पा. ४, महोत्तरी
प्रवेश परीक्षाको नतिजा प्रकाशनको सूचना ।
उपर्यूक्त विषयका सम्बन्धमा यस विद्यालयमा सञ्चालित ३ बर्षे डिप्लोमा कृषि (पशु विज्ञान) को मिति २०७३।०४।१२ मा सञ्चालित प्रवेश परीक्षामा सफल हुने उम्मेदवारहरुको नतिजा परीक्षा सञ्चालन समितिको मिति २०७३।०४।१३ को निर्णयानुसार तपसील बमोजिम मेरिट लिस्ट कायम गरी प्रकाशन गरिएको छ । साथै SLC स्तर वृद्धि परिक्षामा सहभागी हुने उम्मेद्वारको हकमा नतिजा प्रकाशन पश्चात प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् CTEVT को मापदण्ड अनुसारको ग्रेड प्राप्त गर्न सकेमा भर्नाका लागि सिफारिस गर्ने जानकारी गराईन्छ ।
साथै मिति २०७३।०५।०६ गते ३ बर्षे डिप्लोमा (पशुविज्ञान) तहमा भर्नाका लागि प्रवेशिका परिक्षा उतिर्ण गरी आवश्यक न्युनतम शैक्षिक योग्यता पुरा गरेका सफल उम्मेद्वार विद्यार्थीहरुले विद्यालयमा आवश्यक सम्पूर्ण कागजात र ३ प्रति पासपोर्ट साईजको फोटो सहित सम्पर्क गर्नुहुन सूचित गरीन्छ । २०७३।०५।०६ गते सम्पर्क नगर्ने सफल उम्मेद्वारको स्थानमा वैकल्पीक उम्मेद्वारलाई स्थान दिईनेछ ।
परीक्षा समिति