श्री जनता मा.वि. गौरीडाँडाको स्वर्ण महोत्सव २०८० सम्पन्न

img

श्री जनता मा.वि. गौरीडाँडाको औपचारिक स्थापनाको ५० औँ वर्ष प्रवेशको सन्दर्भमा आयोजना गरेको यस स्वर्ण महोत्सव २०८० कार्यक्रमका केन्द्रीय आकर्षण गौरवशाली पार्टी माओवादी केन्द्रका श्रद्धेय अध्यक्ष तथा नेपाल सरकारका कार्यकारी प्रमुख सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दहाल “प्रचण्ड” ज्यू, विद्यालयका संरक्षक तथा पूर्व मन्त्री तथा संविधान सभा सदस्य श्री गिरिराजमणि पोखरेल ज्यू, राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष श्री शशिकला दहाल ज्यु, प्रदेश सभा सदस्य माननीय श्री शारदादेवी थापा ज्यू, बर्दिबास नगरपालिकाका नगर प्रमुख श्री प्रह्लादकुमार क्षेत्री ज्यू, विभिन्न राजनीतिक दलका नेता गण, बर्दिबास नगरकार्यपालीकाका सदस्य ज्युहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी ज्युहरु, विद्यालयका संस्थापक ज्यूहरु, विद्यालयलाई सहयोग गर्नुहुने विभिन्न संघ संस्थाहरु, नगरभित्रका सम्पूर्ण विद्यालयका वि.व्य.स. अध्यक्ष तथा प्र.अ. ज्यूहरु, विद्यालयका चन्दादाता, शिक्षाप्रेमी, व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका वर्तमान तथा पूर्व पदाधिकारी ज्यूहरु, आमा समूह, यस विद्यालयका पूर्व तथा वर्तमान, शिक्षक, विद्यार्थी तथा अभिभावक ज्यूहरु, पत्रकार बन्धुहरु, कार्यक्रममा उपस्थित सम्पूर्ण जनसमुदाय र समग्रमा विद्यालयलाई माया गर्नुहुने यहाँहरु सबैलाई जनता मा.वि. गौरीडाँडाको एतिहासिक स्वर्ण महोत्सव २०८० लाई भव्य रुपमा सफल पारिदिनु भएकोमा जनता मा.वि. गौरीडाँडा हार्दिक आभार प्रकट गर्दछौँ ।
अध्यक्ष: राजन प्रसाद ढुङ्गाना तथा विद्यालय परिवार

© 2025 श्री जनता माध्यामिक विद्यालय- All rights reserved. Powered by Surya Tech Nepal

After Site Under Construction