By: राजकरण महतो
आफ्नै घरको नुन रोटी खाएर गरिव तथा विपन्न वर्गका समुदायका विद्यार्थीहरुले अब देखी महोत्तरीको बर्दिवासमै तीन बर्षे पशु विज्ञान(भेटेनरी) तर्फको पढाई पढ्न पाइने भइका छन् । प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् बाट सम्बन्धन प्राप्त जनता मावि गौरीडाँडा बर्दिवास ४ ले शैक्षिक सत्र २०७२ । ०७३ को लागि भर्ना खुलेपछि उनीहरुले सामुदायिक विद्यालयमै पढ्न पाइने भएका हुन् । आफ्नै गाउँघरमै कृषि तथा प्राविधिक शिक्षालयबाट पशु विज्ञानको पढाई हुने भएपछि अभिभावक र विद्यार्थीहरु हर्षित भएका विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर रम्तेलले बताए ।
जनकपुर र सगरमाथा अञ्चलको जिरी भन्ने एक स्थानमा पशु विज्ञानको पढाइ हुदै आएकोमा अब महोत्तरीको बर्दिवासमा पनि पशु विज्ञानको पढाइ सुरु भएको हो ।
सुविधा सम्पन्न पशुपंक्षि फार्म, अत्याधुनिक प्रयोगशाला, मल्टिमिडिया कक्षा, ठूलो खेलमेदान, भूकम्प प्रतिरोधात्मक भवन, संगित कक्षाको व्यवस्था र इन्टरनेट सहितको कम्प्यूटर ल्यावको व्यवस्था विद्यालयको प्राङ्गाणमा छ । सहरिया कोलाहालपूर्ण वातावरण भन्दा टाढा शान्त, अनुशासित, मनोरम वातावरणमा विद्यार्थीहरु पढन पाउने विद्यालयले जनाएको छ ।
पशु विज्ञान शिक्षा दिनको लागि विद्यालयले तीस लाखको ल्याबको समान, चालिस लाखको अत्याधुनिक भवन तयार गरिसकिएको छ । एक बर्ष अघिबाट ओहोरात्र खटेर विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिले भौतिक पूर्वधारका सरसमान जुटाइएको हो ।
गाउँमै सेवा सुविधा सहित प्राविधिक शिक्षा संचालनले कृषि क्षेत्रले फड्को मार्ने उच्च मावि हात्तिलेट महोत्तरीका एक जना शिक्षक रुद्र सुसलिंगले बताए । उनले भने,‘ खास गरि पशु विज्ञान एक व्यवहारिक शिक्षा हो । छोटो समयमै उक्तकृष्ट जनशक्ति तयारी हुन्छ । रोजगारी छिट्टै पाइन्छ । बैज्ञानीक सीप मुलक शिक्षा हो ।’
चुरे श्रृङ्खलाको रेजन (सतह) मा घाँस उत्पादनको चाहेको हावा पानी छ । यहाँ घाँस प्रशस्त हुने सम्भावना छ । पशुहरुको लागि यो क्षेत्र सम्भावना युक्त मानिन्छ । चरिचरणको लागि जुन सुकै मौसममा पनि पर्याप्त घाँस पाइन्छ । यहाँ पशुपालको दृष्टिकोणले उपयुक्त क्षेत्र मानिएको विद्यालयका अभिभावक शंकर महतोले बताए । उनले भने,‘ व्यवस्थित र वैज्ञानीक रुपले पशुपालन व्यवसाय सञ्चालन नगरिएका कारणले यो सबै आकर्षणको केन्द्र बर्दिवास लगायतका क्षेत्रहरु बन्न सकेको छैन ’ पढेर दक्ष जनशक्ति उत्पादनपछि पशु पालन व्यवसायले हाम्रो क्षेत्रको अर्थ तन्त्र बलियो हुने निश्चित रहेको बताउँदै महतोले हामी सबैको जीवन स्तर फेरीने विश्वास व्यक्त गर्नु गरे ।
सामुदायिक विद्यालयले सुरु गरेको पशु विज्ञान क्षेत्रको शिक्षाले यस क्षेत्रमा सीप मुलक शिक्षाको विकास भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीका श्रोत व्यक्ति दिपक बरालले बताए । उनले पशु विज्ञानको शिक्षा हाँसिल गरेर आयआर्जनमा आत्म निर्भर हुने बताउँदै श्रोत व्यक्ति बरालले भने,‘यो शिक्षा लिएका विद्यार्थीहरुले एकातिर स्वरोजगारी हुन सहजै पाउँछ । यदि उत्पादित जनशक्ति बैदेशीक रोजगारीर्म जान्छन् भने लेवर कलासबाटमाथि उटेर स्किल लेबलमा वैदेशिक रोजगारीमा पनि पहिलो प्राथमिकतामा पर्छ ।’ केही सीप लागेन भनेपनि कृषकहरुको लागि परामर्शदता भएर काम गरेर आजआर्जन गर्न सक्ने बताउँछै उनले फेरी थपे,‘ विना पूजी लगानी गरेर कुनै अन्य काम गरेर पनि स्वतन्त्रपूर्वक गाउँ घरमै कृषकहरुले पालेको पशुहरुको पनि उपचार गरेर स्वभिमानीका साथ जीवन विताउन सक्छ । ’
रोजगारीमुखी शिक्षित जनशक्ति उत्पादन गरि परम्परागत पशु व्यवसायलाई आधुनिकीकरण गर्ने विद्यालयकोे लक्ष्य छ । कुशल पशु प्राविधक उत्पादन गरी बजारको माग परिपूर्ति गरि पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्ने विचार हाम्रो रहेको विधालयका प्रधानाध्यापक नेत्रबहादुर रमतेलले बताए । उनले भने,‘ पशु विज्ञानको शिक्षाले पशुपालन र पशुजन्य सामग्रीमा रहेको परनिर्भरतामा कमी ल्याउछ । शिक्षा पाएपछि मानिस आफ्नै ठाउँमा पशुलान गरेर पशुजन्य पदार्थ उत्पादन गर्छ । ’
पशु विज्ञान तर्फको तीन बर्षको कोर्सलाई १ लाख ५० हजार चाहिन्छ । त्यो पनि किताबन्धीमा मज्जाले विद्यालयलाई आफ्नो समयाकुल तिर्न सकिने छ । दैनिकको बचत र आयआर्जन गर्ने गरिव तथा विपन्न समुदायका अभिभावकहरुले आ—आफ्ना बालबालिकाहरुलाई पढाउन सकिने विद्यालयले जनाएको छ । यो पढाइ पढनको लागि कक्षा १० अर्थात एसएलसी पास गरेको हुनु पर्छ ।
‘ बर्दिवास क्षेत्रमा सामुदायिक विद्यालयले पशु विज्ञानको पढाइ सुरु गरेकोले म हर्षित छु । सबैले आफै गाउँमा पढन पाइने भयो’, जिल्ला शिक्षा कार्यालय महोत्तरीका जिल्ला शिक्षा अधिकारी शत्रुधन यादवले भने,‘ गाउँ पशु प्राविधीक उत्पादनले कृषि क्षेत्रको मुहार फेरीने छ । साधारण शिक्षा भन्दा व्यवसायिक शिक्षा प्रति मानिसहरु अहिले बढि आकर्षित छन् । यस प्रति उत्प्रेरण जगाउन सबै लाग्नु पर्छ ।’ यो शिक्षा हाँसिल गरेपछि सरकारको सरकारी जागिरमा पहिलो प्राथमिकता पनि पाइन्छ ।
तराईको चुरे क्षेत्र पशु पालनको दृष्टिकोणले उपयुक्त रहेको नेपाल सरकारको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले सगरमाथ र जनकपुर अञ्चलक लाई लक्ष्तित गरेर बर्दिवासको जनता मावि गौरीडाँडालाई सम्बन्धन दिएको एकिकृत नेकपा माओवादीका प्रमुख सचेतक तथा महोत्तरी क्षेत्र नम्बर १ का सभाषद् गिरीराजमणी पोखरेलले बताए । उनले भने,‘ हामीले वैज्ञानीक धारणाको विकास गर्न र मोडेलको रुपमा तराई क्षेत्रलाई विकास गर्न चाहेका छौ । संविधान बनेको छ । नेपाल कृषि प्रधान देश भएकाले यहाँ पशुपालको निकै सम्भावना छ ।’ कृषि क्षेत्रलाई विकास गर्न अब हामीलाई व्यवसायिक र प्राविधक शिक्षा आवश्यक रहेको बताउँदै प्रमुख सचेतक पोखरेलले सबै भन्दा पहिला कृषि क्षेत्रलाई विकास गर्न तल्लो तहदेखि माथिल्लो तह सम्मको जनशक्ति तयार भएपछि देशले कृषिमा आफ्नो गरिमा उच्च बनाउन सक्छ ।
हाल जनता मावि गौरीडाँडाले ३७ वटा कोटा पाएको छ । तीन बर्ष पछि एनिमल साइन्सको चिकित्सक पढ्ने विद्यालयको रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।